काठमाण्डौ । प्रविधिका लागि प्रसिद्ध देश इजरायलले आफूले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बनाएको दाबी गरेको छ।

इजरायलका रक्षामन्त्री नैफताली बेन्नेटले यस्तो दाबी गरेका हुुन्। उनका अनुुसार इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) लाई कोरोनाको एन्टीबडी विकास गर्नमा सफलता प्राप्त भएको हो। 

रक्षामन्त्री बेन्नेटले सोमबार इजरायलको आईआईबीआर संस्थानले कोरोनाविरुद्धको भ्याक्सिन विकास गरेको दाबी गरेका थिए। उनले उक्त संस्थानले एन्टीबडी बनाइसकेको र भ्याक्सिन विकास गर्ने चरणको अन्त्यतिर पुुगिसकेको बताएका छन्। 

बेन्नेटका अनुुसार अब इजरायलले यसको प्याटेन्ट र ठूलो मात्रामा उत्पादनको तयारी सुुरु गरिसकेको छ। 

आईआईबीआर विश्वकै सबैभन्दा गुुप्त संस्थान हो। यहाँ भएका प्रयोगहरुका बारेमा बाहिरी विश्वका मानिसलाई कमैमात्रै जानकारी हुुने गर्दछ। 

नेस जियोना इलाकामा रहेको यो प्रयोगशालाको भ्रमणपछि  बेन्नेटले भ्याक्सिन बनाउने खुुसीको खबर विश्वभरका मानिसलाई दिएका छन्। यो खबर टाइम्स अफ इजरायलको वेबसाइटलगायत कयौँ मिडियामा प्रकाशित भएका छन्। 

बेन्नेटले यो एन्टीबडीले मोनोक्लोनल तरिकाबाट कोरोनाभाइरसमाथि हमला गर्ने बताएका छन्। उनका अनुुसार यसले संक्रमित व्यक्तिको शरीरभित्रै कोरोनाभाइरसलाई मार्ने काम गर्दछ। यसपछि भाइरस शरीरको अन्य भागमा र व्यक्तिमा सर्न पाउँदैन। 

आईआईबीआर इजरायलको रक्षा मन्त्रालय अधिनमा रहेको छ। यो प्रयोगशालामा अब यो भ्याक्सिनको प्याटेन्ट दर्ता गर्ने प्रक्रिया शुुरु गरिएको छ। यसपछि यो भ्याक्सिनलाई ठूलो संख्यामा उत्पादन गरिनेछ ता कि विश्वभरका मानिसहरुले यसबाट लाभ उठाउन सकुुन्।

बेन्नेटले अन्तर्राष्ट्रियस्तरमा यसको उत्पादनका लागि विश्वभरका कम्पनीहरुसँग कुुरा गर्ने बताए। उनले आफू यो रिसर्च सेन्टरको सम्पूर्ण टिमप्रति गौरवभान्वित भएको बताए। तथापि उनले यो भ्याक्सिनको मानवपरीक्षण अर्थात क्लिनकल परीक्षण भयो कि भएन भन्ने विषयमा कुुनै कुुरा खुुलाएनन्। – एजेन्सी