काठमाण्डौ । रामेछापका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनी बन्दै आएका काठमाण्डौको मैतीदेवी आसपासको क्षेत्र बुधबार सिल गरिएको छ।

ती युवकमा संक्रमण पुष्टि भएपछि मैतीदेवी मन्दिरदेखि प्रहरी बिटसम्मको क्षेत्र सिल गरिएको हो। 

रामेछापको खाडादेवी–४ स्थायी घर भई मैतीदेवीमा डेरामा बस्ने जुम्ल्याहा दाजुभाइमध्येका दाजुलाई संक्रमण देखिएको हो। उनका भाइलाई घरमै क्वारेन्टाइनमा राखिएको छ।

जुम्ल्याहा दाजुभाइ गत वैशाख ३० गते रामेछापबाट काठमाण्डौ आएको खुल्न आएको प्रहरीले जनाएको छ। दुवैको जेठ २ गते शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्रमा पीसीआर प्रतिविधिबाट परीक्षण भएको थियो। 

संक्रमित पुष्टि भएकालाई हाल टेकू अस्पतालको आइसोलेशनमा राखिएको छ।