काठमाण्डौ । कपिलवस्तुमा शुक्रबार कोरोना संक्रमण पोजेटिभ देखिएका ९ जनामध्ये २ जना पत्रकार रहेको खुलेको छ।

कपिलबस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षीय र वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको हो। तीमध्ये एक स्थानीयस्तरमा एक अनलाइन सञ्चार माध्यम सञ्चालन गर्दै आएका छन्। उनी नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका कार्यसमिति सदस्य पनि रहेको बुझिएको छ। 

अर्का बाणगंगास्थित बुद्ध आवाज टेलिभिजनमा काम गर्छन्। 

दुवै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरु उनीहरुको सम्पर्कमा पुगिसकेको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए। उनका अनुसार बाणगंगा नगरपालिकामा शुक्रबार पहिलोपटक संक्रमण देखिएको हो।