काठमाण्डौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा थप ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पूर्वीनवलपरासीको कावासोती नगरपालिकाकाका दुईजना र विनयत्रिवेणी गाउँपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो। कावासोतीका संक्रमितहरु २२ र ३६ वर्षका युवा छन् भने विनयत्रिवेणी गाउँपालिकाका संक्रमित १४ वर्षीय किशोर छन्।
यी संक्रमित सबै केही दिनअघि भारतबाट आएका थिए। भारतबाट आउनेबित्तिकै उनीहरु क्वारेन्टाइनमा बसिरहेका छन्।
संक्रमित तीनैजनालाई जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ। यीसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago