काठमाण्डौ। सर्वोच्च अदालतले प्रत्यक्ष र अग्रपंक्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टाइनमा बसेकाहरु लाई अविलम्ब निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आइतबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले निर्धारण गरेको मापदण्डअनुसार कोभिड–१९ विरुद्ध प्रत्यक्ष र अग्रपङ्क्तिमा रहेर स्वास्थ्य सेवा उपलब्ध गराउने चिकित्सक, नर्स र स्वास्थ्य सेवामा खटिएका कर्मचारी र क्वारेन्टाइनमा बसेकाहरुलाई निःशुल्क पीसीआर परीक्षणको व्यव्सथा मिलाउन सरकारलाई आदेश दिएको हो। साथी त्यस्ता स्वास्थ्यकर्मी र कर्मचारीलाई सुरक्षाको व्यवस्था गर्न पनि अन्तरिम आदेश दिइएको छ।
आदेशमा स्वास्थ्य सेवामा खटिएका कर्मचारी, सफाइकर्मी तथा आमजनसमुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मीलाई आवश्यक पर्ने पोसाक, वस्तु, उपकरणलगायतका सम्पूर्ण सामग्री पर्याप्त मात्रामा निःशुल्क अविलम्ब उपलब्ध गर्ने व्यवस्था गर्न गराउन भनिएको छ। आदेशमा क्वारेन्टाइनमा क्वारेन्टिनमा राखिएको व्यक्तिको हकमा निजलाई आवश्यक पर्ने स्वास्थ्य सेवा र सुरक्षाको यथोचित प्रबन्ध मिलाउन भनिएको छ।
क्वारेन्टाइमा बसेकाहरुलाई सामाजिक दूरीको मान्यतालाई कायम राखी गर्मीको मौसम भएकाले लामखुट्टेलगायतबाट हुनसक्ने सङ्क्रमणबाट जोगाउन आवश्यक व्यवस्था गर्न आदेश दिइएको छ। क्वारेन्टाइनमा बसेकाहरुलाई निःशुल्क भोजनको व्यवस्था गर्न पनि आदेशमा भनिएको छ।
अत्यावश्यक सिटामोललगायतका औषधि, मास्क र चिकित्सकीय मास्क, गुणस्तरीय ह्यान्ड सानिटाइजार पनि निःशुल्क रुपमा आवश्यक पर्ने व्यक्तिलाई अविलम्ब उपलब्ध गर्न आदेशमा उल्लेख छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago