काठमाण्डौ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ।
लकडाउन लागू भएको आज सोमबार ७० दिन भयो। यो अवधिमा सवारी दुर्घटनाका घटना कमै सुनिएको थियो। तर बाँकेमा हिजो एउटा ठूलो दुर्घटना भयो। जुन यो लकडाउनभरिकै सबैभन्दा ठूलो दुर्घटना पनि हो।
रोजगारका सिलसिलमा भारत पुगेर कोरोनाबाट बच्नका लागि स्वदेश फर्किएकाहरु आआफ्नो घर फर्किनका लागि नेपालगन्जबाट चढेको फोर्स गाडी आइतबार मध्यरातमा बाँकेको राप्ती सोनारी गाउँपालिकाको ठुरिया जंगलमा रोकिराखेको ट्रकसँग ठोक्किएर दुर्घटना हुन पुग्यो। दुर्घटनामा ११ जनाको घटनास्थलमै र १ जनाको अस्पतालका उपचारका क्रममा ज्यान गएको छ। दुर्घटनामा २१ जना घाइते भएका छन्।
ज्यान गुमाउनेमा भारतबाट फर्केका सल्यानका ६, सुर्खेतका चालकसहित ३, दाङका २ र रोल्पका १ जना छन्। मृतकमध्ये १ जना महिला र बाँकी पुरुष छन्।
घाइतेहरुको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ। उनीहरुमध्ये ४ जनाको अवस्था गम्भीर रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले बताए।
आखिर दुर्घटना भयो कसरी ? यस विषयमा अहिले जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान गरिरहे पनि यकिन कारण खुल्न सकेको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानमा रातको समयमा तीव्रगतिमा फोर्स गाडी हाँक्दा चालकले नियन्त्रण गुमाएकै कारण दुर्घटना भएको हुन सक्छ। यस विषयमा थप अनुसन्धान भइरहेको बाँकेका एसपी वीरबहादुर वलीले बताए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago