काठमाण्डौ। वैज्ञानिकहरुको चेतावनीलाई बेवास्ता गर्दै अमेरिकाले ब्राजिललाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न लाखौँ चक्की हाइड्रोक्सिक्लोरोक्विन औषधि पठाएको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालै यो औषधि कोरोना संक्रमित बिरामीको उपचारमा ट्रायलको रुपमा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो। वैज्ञानिकहरुले मलेरिया रोगको उपचारमा प्रयोग हुने यो औषधि कोरोना संक्रमित बिरामीलाई दिँदा जोखिमपूर्ण हुन सक्ने चेतावनी दिएपछि डब्ल्यूएचओले यसको ट्रायलमा रोक लगाएको छ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका समकक्षी जायर बोलसेनारो दुवैले यो औषधि कोरोना रोकथामका लागि आफूहरुले प्रयोग गरेको स्वीकारेका छन्। ‘मैले त मेरी ९३ वर्षीया आमाका लागि पनि एक डब्बा औषधि सुरक्षित राखेको छु। आवश्यक परे उनलाई यो औषधि दिनेछु’, बोलसेनाले भनेका छन्।
यद्यपि वैज्ञानिकहरुको एउटा शोधमा हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना संक्रमित बिरामीका लागि घातक हुन सक्ने बताइए पनि यसले कतिसम्म असर गर्छ भन्नेबारे ठोस प्रमाण उल्लेख छैन। ‘यो औषधि कोरोनाको उपचार हुन्छ वा हुँदैन त्यो भन्न सकिँदैन तर यसको प्रभाव बिरामीमा निकै नराम्रो पर्छ’, शोधमा भनिएको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19