काठमाण्डौ । विश्वमा कोरोना संक्रमण जतिजति बढ्दै गयो यसबाट बच्न विश्वभरका देशहरुले लकडाउन र धेरैभन्दा धेरै परीक्षणलाई जोड दिएका थिए। तथापि कयौँ देशहरुमा संक्रमणका घटना कम भएको देखिएन।

अमेरिका, बेलायत, रुस, चीन र दक्षिण कोरियाजस्ता देशले कोरोना नियन्त्रण र रोकथामका लागि लकडाउन लागू गरेका छन्। तर तमाम आलोचना र प्रश्नहरुका बाबजुुद पनि जापानले लकडाउन लागू गरेन। त्यहाँ आपतकाल लागू गरिएको थियो र आमजनतालाई घरबाहिर निस्कन र काम गर्ने छुुट प्रदान गरिएको थियो। 

विश्वका बाँकी देशहरुको तुुलनामा जापान सरकारसँग पूर्ण रुपमा लकडाउन लागू गर्ने कानुुनी अधिकार छैन। तथापि स्थानीय गर्भनरलाई कारोबार ठप्प गर्न र सर्वसाधारणलाई घरभित्रै रहन अपिल गर्न सक्ने अधिकार भने रहेको छ। तर यसको पालना नगरे कुुनै जरिवाना र दण्डको सजायको प्रावधान भने रहेको छैन। 

आँकडालाई हेर्दा के थाहा पाइन्छ भने कोरोना संक्रमणका कारण मानिसको चहलपहलमा भने केही कमी आएको छ। संक्रमणबाट बच्न विश्वका देशहरु र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले धेरैभन्दा धेरै परीक्षणलाई जोड दिए पनि जापानले ती मानिसहरुको मात्रै परीक्षण गर्यो जसलाई गम्भीर लक्षण देखिएको थियो। जापानले कुुल जनसंख्याको केवल ०.२ प्रतिशत जनसंख्याको मात्रै परीक्षण गरेको थियो। 

कम परीक्षणलाई लिएर जापान सरकारमाथि प्रश्नहरु पनि उठेका थिए तर प्रधानमन्त्री सिन्जो आवेले कन्ट्रयाक ट्रेसिङको उनको रणनीति अधिकांश क्षेत्रमा सफल भएको र यसले संक्रमण फैलनबाट बचाएको बताएका छन्। 

जापानिज मोडल कति प्रभावकारी ?

जतिबेला विश्वमा कोरोना संक्रमण फैलन सुुरु भएको थियो त्यतिबेला डायमन्ड प्रिन्सेस क्रुुज सिपमा फैलिएको संक्रमणसँग जुुध्न गरिएको ढिलाइका कारण जापानको आलोचना भएको थियो। धेरैजसो विशेषज्ञहरुले जापानको स्वास्थ्य प्रणाली असफल हुुन सक्ने र लाखौँको ज्यान जान सक्ने अनुुमान लगाएका थिए। तर जापान सरकारले आफ्नो रणनीतिअनुुरुप काम गर्यो र कोरोनाको युुद्धमा विजय हासिल गरेको घोषणा गर्यो। 

प्रधानमन्त्री आवेले करिब डेढ महिना लामो आपतकाल अन्त्य गरेको घोषणा गरेका छन्। उनले भने, “जापानले आफ्नो विशेष तरिका अपनाएर यो संक्रमणको लहरलाई पूर्ण रुपमा जितेका छौँ।” 

आवेले यो विश्व महामारीसँग जुुध्न जापानिज मोडलले धेरै हदसम्म सफल भएको बताए। तर यतिबेला प्रश्न उठ्न थालेको छ कि जापानिज मोडलमा त्यस्तो के थियो जसले गर्दा जसले गर्दा जापानले कोरोनामाथि यति चाँडै विजय हासिल गर्यो र संक्रमणलाई व्यापक रुपमा फैलन दिएन। 

जब कि विश्वका शक्तिशाली राष्ट्रहरु अमेरिका र रुसमा कोरोनाले कहर मच्चाइरहेको छ। स्वास्थ्य श्रेणीमा जापान दोस्रो स्थानमा छ। त्यहाको २६ प्रतिशतभन्दा धेरै जनसंख्या ६५ वर्षभन्दा माथि रहेको छ। अर्थात यो उमेर समूह त्यति वर्गमा पर्दछ जसलाई कोरोना संक्रमणको जोखिम उच्च रहने गर्दछ। 

जोन हप्किन्स युुनिभर्सिटीको आँकडाअनुुसार जापानमा कोरोना संक्रमणको कुुल १६ हजार ७१६ मामिला र ८८८ जनाको मृत्युु भएको छ। तथापि त्यहाँ ठूलो संख्यामा परीक्षण गरिएको थिएन तर यहाँको स्वास्थ्य सेवा यस्तो राम्रो र सस्तो छ कि कुुनै पनि सानो समस्या पर्दा मानिसहरु डाक्टरलाई देखाउने गर्दछन्। उनीहरु यसका लागि ठूलो समस्या कुुरेर बस्दैनन्। 

निमोनियाबाट बचाव

एसिया टाइम्सको एउटा रिपोर्टअनुुसार जापानमा निमोनियाका कारण प्रत्येक वर्ष ठूलो संख्यामा मानिसको मृत्युु हुुने गर्दछ। सन् २०१४ मा ६५ वर्ष र योभन्दा बढी उमेरका वृद्धवृद्धालाई निःशुुल्क रुपमा निमोनियाको खोप लगाउन सुुरु गरिएको थियो। तर यो निमोनिया एक प्रकारका लागि थियो। तथापि यसलाई लगाउन अनिवार्य भने गरिएन। 

यो खोप अभियानपछि सन् २०१७ मा निमोनियाका कारण जापानमा हुुने मृत्युुमा धरै कमी आएको थियो। सन् २०१८ मा निमोनिया जापानमा हुुने आम मृत्युुको कारणको सूचीमा तेस्रो स्थानबाट घटेर पाचौँ स्थानमा पुुगेको थियो। यसको कारणका रुपमा नयाँ औषधि र जाँचको सुुविधाहरुलाई मानिँदैछ। कोरोना संक्रमणको लक्षणमा निमोनिया पनि रहेको छ र यसका कारण संक्रमितमा सास फेर्न गाह्रो हुुने गर्दछ। 

निमोनियाको राम्रो उपचार भएका कारण जापान यसबाट छुुटकारा पाउने अवस्थामा पुुगेको छ। जापानमा सिटी स्क्यानबाट निमोनियाको सुुरुआती चरण पहिचान हुुने गर्दछ र तुुरुन्तै यसको उपचार हुुने गर्दछ। जसका कारण जापानमा कोरोनाका गम्भीर केसहरु कम मात्रमा देखिएको थियो। 

त्यस्तै सामुुदायिक संक्रमणलाई पत्ता लगाएर त्यसलाई नियन्त्रण गरेर भाइरसको प्रचारलाई सीमित गरिएको थियो। आफ्नो स्वास्थ्यप्रति जागरुक हुुने जापानी संस्कृतिका कारण जापानमा कोरोनाको संक्रमणलाई नियन्त्रणमा राख्न सफलता प्राप्त भएको छ। जापनका जनताहरु पहिलेदेखि नै मास्क लगाउने गर्दथे। विशेषगरी जाँडो मौसममा यस्ता प्रकारका भाइरसहरु नफैलिउन भनेर। 

जापानका करिब ६० प्रतिशत मानिसहरु प्रत्येक वर्ष आफ्नो नियमित स्वास्थ्य जाँच गराउने गर्दछन् र स्वस्थ रहने प्रयास गर्दछन्। तर यसको अर्थ यो होइन कि अगाडि चुुनौती छैन। 

कोरोना संक्रमणका धेरैजसो बिरामी अस्पतालमा हुुनुुपर्दछ तर जापान गम्भीर बिरामीका लागि बेड बचाएर राखिरहेको छ। 

सांस्कृतिक कारण 

जापानमा सामाजिक दूरी आमजिन्दगीको एक भाग हो। अमेरिका, फ्रान्स र इटलीजस्तै जापानका मानिसहरु आपसमा भेट्दा वा स्वागत गर्दा धेरै नजिक आउने गर्दैनन्। त्यहाका जनताहरु स्वास्थ्य र सरसफाइप्रति धेरै सजह रहने गर्दछन्। मास्क लगाउने परम्परा त्यहाँको आम जीवनको हिस्सा नै हो। यही कारण मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र बाँकी नियमहरु पालना गर्न जापानी जनतालाई कठिनाइ भएन। – एजेन्सी