काठमाण्डौ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत झापाका १७ जना पुरुष र सुनसरीकी १ महिलाले कोरोना जितेका छन्। उनीहरु सोमबार राति नै प्रतिष्ठानबाट डिस्चार्ज भएर घर फर्किएका छन्।
डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन्। दुई पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ।
उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका निर्देशक गौरीशंकर साह, सहायक निर्देशक विकास साहलगायतले बिदाई गरेका थिए। यीसँगै प्रदेश १ मा कोरोनामाथि विजय प्राप्त गर्नेको संख्या ४८ पुगेको छ।
प्रतिष्ठानमा अझै पनि ८० जना तथा विराटनगरस्थित कोशी अस्पतालमा ३९ जना स्रक्रमितको उपचार भइरहेको छ। हालसम्म प्रदेश १ मा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19