काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको मोडालिटी परिवर्तन गर्न आज बिहीबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
गत वर्ष चैत ११ गते लागू लकडाउन आठौँपटक बढाएर जेठ ३२ गतेसम्म पुर्याइएको छ। लगातार लकडाउनमात्र बढाउँदा अर्थतन्त्रमा नकारात्मक असर पर्नुका साथै दैनिक जीवनयापत्र असर परेकोले वैकल्पिक उपायहरु पनि अपनाउनुपर्ने सुझाव र सल्लाह आएपछि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्न लागेको बताइएको छ।
मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्न सक्ने एक मन्त्रीले बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनबाट उत्पन्न परिस्थितिका विषयमा विज्ञ समूहरुसँग छलफल गरेका थिए। त्यस क्रममा विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्दै स्वास्थ्य सतर्कतासँगै अर्थतन्त्र उकास्नका लागि केही लचकता अपनाउनुपर्ने सुझाव दिएका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago