काठमाण्डौ । कहिलेकाहीँ हाम्रो मोबाइलमा रहेका फोटो तथा भिडियोहरु भुुलवश डिलिट हुुने गर्दछ। जुुन फेरि कहिल्यै फिर्ता हुुने गर्दैनन्। यसले हामीलाई कयौँपटक अप्ठेरोमा पार्ने गर्दछ।

अब भने यस्तो हुुने छैन। किनकि गुुगलले एन्ड्रोइड ११ मा रिसाइकल बिन भन्ने नयाँ फिचर्स ल्याउने भएको छ। एन्ड्रोइड ११ लाई अपडेट गरेपछि यो नयाँ फिचर्स तपाइँको स्मार्टफोनमा देखिनेछ। 

यो फिर्चसका माध्यमबाट मोबाइलमा डिलिट भएको फोटो र भिडियोहरु रिसाइकल बिनमा जाने गर्दछ। यसरी रिसाइकल बिनमा गएको फोटो र भिडियोहरु ३० दिनभित्र रिस्टोर गर्न सकिनेछ। 

डिलिट भएको फोटो र भिडियोहरु ३० दिनसम्म रिसाइकल बिनमा रहनेछ र त्यसपछि आफैँ हराउनेछ। तथापि यसको फाइदा केवल ती प्रयोगकर्तालाई मात्रै प्राप्त हुुनेछ जोसँग एन्ड्रोइड ११ अपडेट भर्जन हुुनेछ।

गुुगल फोटोजमा यो फिचर्स पहिलेदेखि नै रहेको छ। गुुगलको यो एपमा डिलिट भएका फोटो र भिडियोहरु ट्रयासमा जाने गर्दछ। जहाँबाट त्यसलाई दुुई महिनासम्म रिस्टोर गर्न सकिन्छ। दुुई महिनापछि फोटो र भिडियोहरु आफैँ हराएर जाने गर्दछ।