काठमाण्डौ । अमेरिकामा कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधिको प्रयोगमा रोक लगाइएको छ।
अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रिेसन (एफडीए) का अनुसार मलेरियाको उपचारमा प्रयोग भइरहेको यो औषधि क्लिनिकल ट्रायलबाट प्राप्त प्रमाणबाट कोरोनाको उपचारमा बेअसर देखिएपछि रोक लगाइएको हो। यो ओषधि बिरामीलाई राहात दिनुको सट्टा कोरोना संक्रमण रोक्न पनि असफल भएको एफडीएले जनाएको छ।
गत मार्चमा एफडीएले कोरोनाबाट गम्भीर बिरामी परेकाहरुको उपचारमा यो औषधि प्रयोग गर्न अनुमति दिएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोनाबाट बच्न आफूले पनि यो औषधि सेवन गरेको बताएका थिए।
एफडीएले यो औषधिमा रोक लगाएको विषयमा प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्ले भने, ‘मैले यो औषधि सेवन गरेँ तर मलाई राम्रै भयो। एफडीएले रोक लगाउनुमा मलाई कुनै गुनासो छैन।’
राष्ट्रपति ट्रम्पले आफूले थुप्रै मानिसले यो औषधि सेवन गरेको नयाँ जीवन पाएको जानकारी गराएको पनि बताए। ७४ वर्षीय ट्रम्पले भने, ‘मैले यो औषधि सेवन २ साता सेवन गरेकै हो, म तपाइँहरुकै सामुमा स्वस्थ भएर कुरा गरिरहेको छु।’ – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19