काठमाण्डौ । बंगलादेशमा कोरोनाविरुद्ध विकसित चिनियाँ भ्याक्सिनको तेस्रो चरणको ट्रायलका लागि अनुमति दिइएको छ।
बंगलादेश सरकारले चीनको सिनोभ्याक बायोटेक भ्याक्सिनको तेस्रो चरणको ट्रायल आफ्नो देशमा गर्न दिने अनुमति दिएको हो। बंगलादेश दक्षिण एसियामा सबैभन्दा धेरै जनघनत्व भएको देश हो। त्यहाँ कोरोना संक्रमणको मामिला पनि तीव्र गतिमा फैलिरहेको छ।
सिनोभ्याक चीनबाहिर पनि यो भ्याक्सिनको ट्रायल गर्न चाहन्थ्यो। फलस्वरुप बंगलादेशमा यस्तो अनुमति उसले पाएको हो।
बंगलादेशको दि इन्टरनेसनल सेन्टर फोर डिजिज रिसर्चले आगामी महिनादेखि उक्त भ्याक्सिनमाथि तेस्रो चरणको ट्रायल सुरु हुने जनाएको छ। बंगलादेश मेडिकल रिसर्च काउन्सिलका निर्देशक महमुद जहानले भने, ‘हामीले रिसर्च प्रोटोकलको समीक्षापछि नै चीनलाई उक्त भ्याक्सिनको ट्रायल गर्न सैद्धान्तिक रुपमा अनुमति दिएका हौँ।’
जहानका अनुसार बंगलादेशमा हुने परीक्षणमा ४ हजार २०० जनालाई सहभागी गराइनेछ। त्यसलाई आवेदन खुलाइनेछ।
यो भ्याक्सिनको परीक्षण राजधानी ढाका सातवटा कोरोना अस्पताल हुने पनि जहानले जानकारी दिए।
बंगलादेशमा हालसम्म २ लाख ४ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये ३ हजार लगभगको ज्यान गइसकेको छ।
सिनोभ्याकले ब्राजिलमा पनि यसै सातादेखि उक्त भ्याक्सिनको तेस्रो चरणको ट्रायल गर्दैछ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19