काठमाण्डौ । वीरगन्जमा कोरोना संक्रमणमुक्त भएको भनिएका एक व्यक्तिको शनिबार राति मृत्यु भएको छ।
कोरोना संक्रमणमुक्त भएको रिपोर्ट आएको ४ घन्टा नबित्दै ५५ वर्षीय एक पुरुषको उपचारकै क्रममा वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा मृत्यु भएको हो।
ती व्यक्तिमा गत साउन १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनको वीरगन्जको कोभिड अस्पतालमा उपचार भइरहेको छ।
पछिल्लोपटक नारायणी प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएपछि शनिबा साँझतिर ती व्यक्तिलाई कोभिड अस्पतालले डिस्चार्ज गरेको थियो। उनलाई झाडापखला र अक्सिजनको मात्रा पनि कम भएकोले थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान भन्दै कोडिभ अस्पताललले डिस्चार्ज गरेको परिवारजनले बताएका छन्।
त्यहाँबाट डिस्चार्ज गरेर नारायणी बयोधा अस्पतालमा लगेर भर्ना गरिएको अवस्था नाजुक बनेपछि आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो। त्यहीँ उपचारका क्रममा मृत्यु भएको हो।
परिवारजनले भने कोभिड अस्पतालले लापरबाही गरेको दाबी गर्दै पुनः स्वाब परीक्षणको माग गरेका छन्। शवअहिले बयोधा अस्पतालमै छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago