काठमाण्डौ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई दोहोर्याउने पक्षमा देखिएका छन्।

मन्त्री पुनः घिसिङलाई पुनः चारवर्षे कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको खुलासा भएको हो। मन्त्री पुनको सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ताव पेस गरेको जानकारी गराएका हुन्। चापागाईंले भनेका छन्, ‘प्राधिकरणको आवश्यकता र जनभावनाको कदर गर्दै मन्त्रिपरिषद्ले मन्त्री पुनको उक्त प्रस्तावमाथि छिटै निर्णय गर्ने आशा गर्दछु।’ 

घिसिङको गत भदौ २८ गते चारवर्षे कार्यकाल सकिएको थियो। 

मन्त्रिपरिषद्को बैठक आज मध्याह्न १२ बजे बस्दैछ। बैठकले यस विषयमा निर्णय लिन सक्ने बताइएको छ।