काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले स्याङजा जिल्लाको पुतलीबजार न.पा.–१२, पेल्काचौर, कपिलबस्तु जिल्लाको शिवराज न.पा.–०१, शिवपुर, कपिलवस्तु जिल्लाकै बुद्घभुमि न.पा.–०९, बिजगौरी, कन्चनपुर बेलौरी न. पा.–०३, गोकुलपुर, दार्चुला जिल्लाको व्यास गा.पा.–०६, हुटी र जिल्ला कै मलिकार्जुन गा.पा.–०६, उकुमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसँगै बैंकको शाखारहित बंैकिङ्ग सेवा १४१ पुगेको छ । ग्राहक सेवा केन्द«को रुपमा सञ्चालित उतm शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूतmानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०१ स्थानवाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago