काठमाण्डौ । शुक्रबार र शनिवार काठमाण्डौ उपत्यकाका विभिन्न ६ फिडरहरु सटडाउन भई केही घण्टा लोडसेडिङ हुने भएको छ । 

नेपाल विद्युत प्राधिकरणका अनुसार पुस ३ गते शुक्रवार विहान ७ः०० बजे दखि १०ः०० बजे सम्म र पुस ४ गते शनिवार दिउँसो १२ः०० बजे देखि ३ः०० बजेसम्म बालाजु सवस्टेसनको ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकोले उक्त सवस्टेसनबाट वितरित फिडरहरु सटडाउन हुने भएको हो । 

प्राधिकरणकाअनुसार बालाजु औद्योगिक क्षेत्र १, बालाजु औद्योगिक क्षेत्र २, ढुंगेधारा, महाराजगञ्ज २, नयाँ बजार र धर्मस्थली फिडरहरु सटडाउन हुने हुँदा उक्त एरियामा लोडसेडिङ हुनेछ । 

प्राधिकरणले समयअगावै काम सम्पन्न भएमा तोकिएको समयभन्दा अगाडिदेखि नै लाइन सुचारु हुने पनि प्रष्ट पारेको छ ।