– भक्तराज रसाइली
काठमाण्डौ । पूँजीबजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रत्यक्ष रुपमा १३ क्षेत्रबाट मोटो रकम असुल गरिरहेको छ।
नेपालको सेबोनले भारतको धितोपत्र नियामक निकाय सेक्युरिटी एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया (सेबी) भन्दा लगानीकर्ताबाट ३०० गुणा बढी रकम असुल गरिरहेको हो। सेबीको, १९९२ को भाग ‘बी’ मा शुुल्कबारे ‘सेबी फी’ ले व्यवस्था गरेको छ। सो व्यवस्थाअनुसार धितोपत्र खरिदबिक्रीमा ०.०००१ प्रतिशत कमिसन कायम छ। सोही व्यवस्थालाई टेकेर सेबीले ०.०००१ प्रतिशत वा प्रतिकरोड रु. १० मात्र लगानीकर्ताबाट ‘सेबी फी’ असुुल गर्दछ। तर कोभिड–१९ को महामारीमा उसले गत अप्रिल २७ तारिखमा प्रेस विज्ञप्तिमार्फत आगामी मार्च २०२१ सम्म ५० प्रतिशत ‘सेबी फी’ मा छुुट दिइएको जनाएको छ।
यता सेबोनले भने धितोपत्र खरिदबिक्रीमा लगानीकर्तासँग सेबो कमिसन शुुल्क ०.०१५ प्रतिशत उठाउँदै आइरहेको छ। जुुन अहिले तुुलना गर्दा भारतीय नियामकको भन्दा ३०० गुणा धेरै हो।
सेबोनले हाल कायम ब्रोकर कमिसन घटाउने अन्तिम तयारी गरिरहेको छ। तर बजारवृत्तमा भने ब्रोकर कमिसनमा समावेश भएका नेप्से र ब्रोकरको कमिसनमा भारी गिरावट गर्ने छाँटकाँट देखिएको बताइन्छ।
सेबोनले सेयर किनबेचबापतमा आफ्नो कमिसन बढाउने विषयमा भने अर्थ मन्त्रालयले समेत ग्रिन सिग्नल दिइरहेको स्रोत जिकिर गर्छ। बोर्डको आफ्नै जग्गा र बिल्डिङ नभएकाले समेत अर्थ मन्त्रालयको सहानुभूति प्राप्त भइरहेको र कमिसनमा सेबो कमिसन बढाउने तयारी भइरहेको स्रोत बताउँछ।
सेबोनको आम्दानीका क्षेत्रहरु व्यापक भए पनि बोर्ड स्वयंमा पारदर्शिताको खाँचो रहेको बताइन्छ। सेबोनले बजार सञ्चालक नेप्से, ब्रोकर, मर्चेन्ट व्यवसायी, सीडीएससी, क्रेडिट रेटिङ एजेन्सीलगायत १३ आम्दानी स्रोतहरु रहेका छन्। धितोपत्र बजारको विकास तथा विस्तारका लागि अन्तर्राष्ट्रिय अभ्यास गर्न अनुसन्धान तथा कार्यान्वयन पक्ष निकै बलियो बनाउनुका साटो बजारको सर्वांगीण विकासका लागि नेप्सेका कतिपय प्रस्तावहरुसमेत ठाडै अस्वीकार गर्दछ।
हाल ब्रोकर कमिसनमा पनि सेबोनले भने ३ तर्फबाट निकै मोटो रकम असुल गरिरहेको छ। लगानीकर्ताहरुबाट सेबो कमिसनबापत ०.०१५ प्रतिशत लिइरहेको छ। नेप्सेबाट कुल कारोबारको १ प्रतिशत असुल गर्दैै आएको सेबोनले स्टक ब्रोकरबाट पनि ०.६ प्रतिशत कमिसन असुल गरिरहेको छ। यसरी सेबोन सरकारद्वारा गठित नियमनकारी निकाय भए पनि लगानीकर्ता, ब्रोकर र नेप्से गरी तीनै सरोकारवालाबाट कमिसनबापत मोटो रकम असुल गर्दै आइरहेको छ।
एक अध्ययनअनुसार विभिन्न निकायहरुले सेबोनलाई बुझाउनुपर्ने शुल्कहरु यस प्रकार छन्–
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19