काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले भक्तपुर जिल्लाको सूर्यविनायक न.पा.–३, बालकोट, सिराहा जिल्लाको नरहा गा.पा.–३, नरहा, महोत्तरी जिल्लाको एकडारा गा.पा.–५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गा.पा.–११, रातापानी, झापा जिल्लाको शिवसताक्षी न.पा.–१०, माईधारा ,झापा जिल्लाकै कन्काई न.पा.–९, घौलाडुब्बामा थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंकिङ्ग सेवा १४८ पुगेको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु लगायत १४८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०८ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै, बैंकको देशभर १९८ वटा एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19