काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले स्टक ब्रोकर (धितोपत्र दलाल व्यवसायी) लाई आधिकारिक प्रतिनिधिका रुपमा कार्य गर्न दिने व्यवस्थाका लागि अध्ययन कमिटी गठन गरेको छ।
बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स र प्रादेशिक ब्रोकरका विषयलाई बाइपास गर्दै बोर्डले ब्रोकरहरुलाई खुसी बनाउन छिट्टै आधिकारिक प्रतिनिधिको व्यवस्थाका लागि प्राथमिकता दिएको बोर्डकै एक अधिकारी बताउँछन्। संघीय संसद्को अर्थ समितिले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन उचित ठानेको अध्ययन प्रतिवेदन र नेप्सेले प्रादेशिक ब्रोकर विस्तार गर्न तयार पारेको अध्ययन प्रतिवेदनलाई लत्याउँदै बोर्डका उपकार्यकारी निर्देशक डा नवराज अधिकारीको संयोजकत्वमा कमिटी गठन गरिएको ती अधिकारीले जानकारी दिए।
बोर्डले एक महिनाअघि नै ब्रोकरको कार्यक्षेत्र विस्तार गर्न देशका ७७ जिल्ला र ७५३ स्थानीय निकायमा ब्रोकरेज सेवा पुर्याउनका लागि अध्ययन गर्न कमिटी खडा गरेको हो। उक्त कमिटीलाई ३ महिनाभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। अब कमिटीले २ महिनाभित्रै ब्रोकरको आधिकारिक प्रतिनिधिको व्यवस्थाका लागि प्रतिवेदन तयार गरी कार्यान्वयन गर्ने बताइएको छ।
धितोपत्र बोर्डले दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्न उक्त व्यवसायीहरुलाई आधिकारिक प्रतिनिधिका रुपमा कार्य गर्न दिने व्यवस्थाको अध्ययनार्थ बोर्डका उपकार्यकारी निर्देशक डा अधिकारीको संयोजकत्वमा कमिटी गठन गरेको जनाएको छ। ६ सदस्यीय अध्ययन कमिटीमा रुपेश केसी, कृष्णराज पोखरेल, नारायणप्रसाद शर्मा पौडेल, गणेश श्रेष्ठ र रितम्बरा बस्नेत सदस्यका रुपमा छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19