काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को स्वास्थ्य तथा सीप विकास समितिले निजी क्षेत्रको सहकार्यमा सरकारले सीपमूलक तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीसँग मन्त्रालयमा आज भएको भेटघाट कार्यक्रममा महासंघको प्रतिनिधिमण्डले यस्तो सुझाव दिएको हो। महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकाल, सहसभापति भक्तबहादुर हमाल, सदस्य सीताराम रेग्मी, महासंघका पूर्वकारिणी समिति सदस्य कमला श्रेष्ठसहितको प्रतिनिधिमण्डलले मन्त्री चौधरीसँग भेटघाट गरेको थियो।
भेटका अवसरमा महासंघका तर्फबाट सीपमुलक तालिमका लागि थुप्रै संस्थाहरूले तालिम दिने र ठूलो रकम खर्च हुने गरे पनि निजी क्षेत्रको मागअनुसार दक्ष एवं सीपयूक्त जनशक्ति पाउन कठिनाइ भइरहेको विषयमा चर्चा गरिएको थियो। भेटमा सभापति ढकालले एकातिर मुलुकभित्र सञ्चालित उद्योगधन्दाका लागि चाहिएको जनशक्ति नपाउँदा ठूलो समस्या भएको र अर्कोतिर विनाकुनै सीप कामका लागि विदेशिने युवाहरू न्यूनतम पारिश्रमिकमा अधिकतम समय काम गर्न बाध्य भएकाले यो समस्याको अन्त्य गर्न पनि सीपयुक्त जनशक्ति विकासका लागि तत्काल तालीम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
मन्त्री चौधरीले निजी क्षेत्रको सुझावअनुसार सीपमूलक तालिम सञ्चालन गर्ने सरकारको योजना रहेकोले महासंघवाट प्राप्त सुझाव एवं प्रस्तावलाई ध्यानमा राखी आगामी दिनमा सीपमूलक तालिम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19