काठमाण्डौ। नेपाली कंग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ।
गत शुक्रबार बिहान मस्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना गरिएका नेता जोशीको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ। हिजो शनिबारको तुलनामा जोशीको स्वास्थ्य अवस्था आइतबारसम्ममा निकै सुधार देखिएको उपचारमा संलग्न न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए।
झाका अनुसार शनिबारभन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाउन थालेका छन्। जोशीलाई आइतबार बिहानदेखि नै बेहोस् पार्ने औषधि दिन छाडिएको छ। तर, पनि उनले आँखा भने खोलिसकेका छैनन्।
यस्तै आइतबार जोशीको सिटी स्क्यान पनि गरिएको छ। जसअनुसार उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानीसमेत लगभग सफा भएको पाइएको छ। ‘जोशीको अवस्था अझै खतरामुक्त भने छैन’, डा. झाले भने, ‘जोशीको अहिलेको अवस्थालाई जटिल तर सुधारोन्मुख भन्नुपर्छ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago