काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलमा मस्तिष्कघात भई उपचार गराइरहेका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ। उनको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ। 

फागुन १४ गते मस्तिष्कघात भई उपचारका लागि जोशीलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। केही दिनको उपचारपछि उनको अवस्थामा सुधार आएको थियो। 

आफैँले श्वासप्रश्वास गर्न थालेसँगै केही दिन जोशीलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो। तर, अवस्था पुनः बिग्रिएपछि उनलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो। 

हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उनको अहिलेको अवस्था गम्भीर रहेको पनि विज्ञप्तिमा जनाइएको छ।