काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली आज दिउँसो ३ः३० बजे देशवासीका नाममा सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री ओलीले समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा देशवासीमा सम्बोधन गर्ने थापाले जानकारी दिए। प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको पनि उनले बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19