– अर्जुन तिमिल्सिना
काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि आउँदो साउन महिनाभित्रै खुलाउने तयारी गरिरहेको छ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रबन्धक पारसमणि ढकालले यो कम्पनीको आईपीओ सर्वसाधारणलाई साउन महिनाभित्र ल्याउने तयारी भइरहेको जानकारी गराएका हुन्। ‘अहिले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र जिल्लाकै अन्य क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन भइरहेको छ’, उनले भने, ‘यसको नतिजा आएपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन हुनेछ।
कम्पनीले हिजो मंगलबारबाट आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको छ। आयोजना प्रभावित क्षेत्र र स्थानीयका लागि निष्कासन गरिएको आईपीओमा छिटोमा जेठ ४ गतेभित्र र ढिलोमा जेठ २० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ। स्थानीयले न्यूनतम ५० कित्ता तथा अधिकतम ४०० कित्तासम्मको लागि दरखास्त दिन पाउनेछन्।
कम्पनीले चुक्तापुँजीको १० प्रतिशत अर्थात ६० लाख कित्ता आयोजना प्रभावित र स्थानीयलाई निष्कासन गरेको छ।
त्यसपछि कम्पनी चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ८१ लाख ९० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ। कुल कित्तामध्ये ४ प्रतिशतले हुन आउने ३ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। यस हिसाबले यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने पक्का छ।
कम्पनीको प्रतिमेगावट लागत १६ करोड ६४ लाख बराबर छ भने यो आयोजना १०२ मेगावटको हो। यसको पे ब्याक पिरेड ७.७ वर्षको रहेको छ। डिस्काउन्टेड पे ब्याक पिरेड भने १५.४८ वर्ष रहेको छ।
कम्पनीको वित्तीय प्रक्षेपण तल हेर्नुहोस्–
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19