काठमाण्डौ । बेलायतको एस्ट्रोजेनेका–अक्सफोर्डको भ्याक्सिनबाट ब्लड क्लट्स (रगत जम्ने समस्या) को साइड इफेक्ट देखियो। भारतको कोभिशिल्ड भ्याक्सिनबाट यस्तै साइड इफेक्ट देखिएको केही घटनाहरु सार्वजनिक भए।
यस किसिमको साइड इफेक्ट देखिएपछि भारतको स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मी तथा खोप लगाउनेहरुका लागि साइड इफेक्टका लागि नयाँ एड्भाइजरी जारी गरेको छ। जसमा खोप लगाएको २० दिनभित्र थ्रोम्बोसिस (ब्लड क्लट्स) को लक्षण पहिचान गर्नका लागि अपिल गरिएको छ। यदि त्यस्तो कुनै गम्भीर लक्षण देखिएमा तुरुन्त खोप केन्द्रमा जानकारी गराउन अपिल पनि गरिएको छ।
भारतमा हाल प्रति १० लाख डोजमा केवल ०.६१ प्रतिशतलाई मात्रै ब्लड क्लट्स समस्या देखिएको छ।
विशेषगरी कोरोनाविरुद्धको खोप लगाएपछि यदि टाउको दुःख्ने, छाती दुःख्ने, शरीर सुन्निने, पेट नदुःखी बान्ता हुने, रिंगटा लाग्ने वा सास लिन समस्या भइरहेकाजस्ता गम्भीर लक्षण देखिएमा तुरुन्त खोप केन्द्रमा वा चिकित्सकलाई जानकारी गराउनुपर्छ।
त्यस्तै यीबाहेक यदि खोप लगाएपछि शरीरको कुनै भागमा रातो टाटा (धब्बा) देखिन्छ भने सचेत हुन आवश्यक छ। यदि माइग्रेसनको समस्या छैन तर खोप लगाएपछि लगातार टाउको दुखिरहेको छ भने तुरुन्त चिकित्सकलाई जानकारी गराउनुपर्दछ।
खोप लगाएपछि कमजोरी महसुस हुनु, शरीरको कुनै अंगले काम नगर्नु, विनाकारण बान्ता भइरहनु, आँखा दुःख्नु वा धमिलो देख्नु, डिप्रेसन हुनु हुनु पनि सामान्य कुरा होइन। त्यसैले यस्ता समस्या देखिए तुरुन्त चिकित्सकसँग रायसल्लाह लिनुपर्छ। – एजेन्सीको सहयोगमा
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19