काठमाण्डौ । सेयर कारोबार हुने दोश्रो बजारको कुल बजार पूँजीकरण नेपालको अर्थतन्त्रको आकार नजिकै पुगेको छ ।
पछिल्ला केही दिनमा दैनिकजसो नयाँ नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको बजारले कुल बजार पूँजीकरणमा समेत फड्को मारिरहेको हो।
पछिल्लो पटक फागुनमा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ आँकडाअनुसार नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्बको पुगेको छ ।
पहिला नेपालको जीडीपीको आकार ३७ खर्ब ६७ अर्ब रहेको भनिएको थियो । तर, राष्ट्रिय लेखा तथ्यांकको आधार वर्ष परिवर्तनसँगै नेपालको अर्थतन्त्रको आकार पनि बढेको हो । पुराना आधार वर्षअनुसार नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रहेकोमा आधार वर्ष परिवर्तन गर्दा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्बको भएको केन्द्रीय तथ्यांक विभागले जनाएको थियो ।
तथ्यांक विभागको जीडीपीको नयाँ साइजलाई पछ्याउँदै दोश्रो बजार अगाडि बढेको देखिएको छ । मंगलबार नेप्सेको कुल बजार पूँजीकरण ३८ खर्ब ७६ अर्बको कीर्तिमानी उचाईमा पुगेको हो ।
अघिल्लो दिन अर्थात सोमबार नेप्सेको कुल बजार पूँजीकरण ३८ खर्ब २८ अर्ब पुगेको थियो । यसरी एकैदिनमा लगानीकर्ताको सम्पत्ति ४८ अर्ब रुपैयाँले बढेको देखिएको छ ।
आइतबारदेखि दोश्रो बजारको कुल बजार पूँजीकरण ३८ खर्ब माथि पुगेको थियो । त्यसपछि लगातार बढिरहेको हो ।
अघिल्लो बिहीबार कुल बजार पूँजीकरण ३७ खर्ब १३ अर्बमा सीमित थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19