काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले सतप्रतिशत हकप्रद निष्कासनको अनुमति पाएको छ। 

नेपाल धितोपत्र बोर्डले एचआईडीसीएललाई आज (जेठ ९ गते) सतप्रतिशत हकप्रद निष्कासनको अनुमति दिएको हो। बोर्डको अनुमतिसँगै अब कम्पनीले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ।

कम्पनीले अब ११ अर्ब रुपैयाँको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयरधनीहरुका लागि जारी गर्नेछ। 

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिलट लिमिटेड रहेको छ। 

यो कम्पनीको आजको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ५४९ रुपैयाँ पुगेको छ।