काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फ बजेट ल्याइने बताएका छन्। 

बालुवाटारमा आइतबार सञ्चारकर्मीसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले अध्यादेशबाट ल्याउने बजेटका लागि एउटा औपचारिक वाचन कार्यक्रम राखिने पनि जानकारी दिए । ‘त्यसको जारी औपचारिक रुपमा सम्माननीय राष्ट्रपतिबाट हुनेछ’, उनले भने, ‘बजेट सस्तो लोकप्रियता अथवा चुनाव भइसकेपछि पनि दुरगामी भविष्यलाई प्रभाव पार्नेगरी देशका लागि प्रतिकूल हुनेगरी आउँदैन। हामी जिम्मेवार ढंगले बजेट प्रस्तुत गर्छौं।’

यसअघि नै घोषणा गरेका नीति तथा कार्यक्रमका लागि पनि बजेट आउने ओलीले बताए। ‘विकास निर्माणका साथै कोरोना निर्मूलका लागि बजेट केन्द्रित हुनेछ’, उनले भने।