काठमाण्डौ । कोरोना महामारीले विश्वलाई नै चपेटामा परेको छ। अब यो संक्रमणबाट एउटैमात्र भरपर्दो अस्त्र भनेको खोप नै हो। 

नेपाल सरकारले कोरोनाविरुद्धको खोपको सहज उपलब्धताका लागि पहल गरिरहेको जनाएको छ। यसका लागि बेलायत तथा अमेरिकाबाट खोप ल्याउन पहल भइरहेको सरकारको भनाइ छ। 

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप वितरण व्यवस्थित बनाउन अनलाइन आवेदन खुला राखेको छ । यसका लागि स्वास्थय मन्त्रालयको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्) मा गएर सजिलै आफ्नो व्यक्तिगत विवरण अनलाइनमार्फत भरेर बुझाउन सकिन्छ। 

हालसम्म खोपका लागि आवेदन दिनेको संख्या १ करोड ८ लाख ८४ हजारभन्दा बढी पुगेको छ। अनलाइन आवेदन दिँदा आफूलाई पायक पर्ने खोपकेन्द्र रोज्नुपर्ने हुन्छ। विवरण भर्दा परिचयपत्र नम्बर तथा फोन नम्बर अनिवार्य खुलाउनुपर्नेछ र कन्फरमेसन नम्बर सुरक्षित राख्नुपर्ने हुन्छ।

सरकारले खोप लगाउनका लागि आफ्नो विवरण भर्न तथा अरुलाई पनि भर्न सहयोग गर्न आग्रह पनि गरेको छ।