काठमाण्डौ। राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी ३ वटा अध्यादेश जारी गरेकी छन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी गरेकी हुन्।

आज मध्याह्न बसेको मन्त्रिपरिषदको यी ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेका थियो।

अहिले केहीबेरमै अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्नेछन्।