काठमाण्डौ । सरकारले कोभिडविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ।
सिंहदरबारमा आज आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरेका हुन्।
पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित, उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता पनि जनाएका छन्।
यसैगरी १०० शय्याका सबै अस्पतालमा अक्सिजन प्लान्टको व्यवस्था पनि सरकारले गर्ने भएको छ। कोरोना उपचारका लागि आवश्यक उपकरण भन्सार तथा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था बजेटमा गरिएको छ। त्यस्तै कोभिड अस्पतालहरुमा विद्युत महसुलमा ५० प्रतिशत छुट, आईसीयू, एचसीयूलगायत स्थानमा ४ अर्ब विनियोज तथा औषधि आयातमा छुट दिने व्यवस्था पनि बजेटमा गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago