काठमाण्डौ । सरकारले काठमाण्डौमा सञ्चालित उद्योगलाई मकवानपुरको मयूरधाप औद्योगिक क्षेत्रमा सार्ने भएको छ।
आगामी वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्रदूषणरहित स्वच्छ राजधानी बनाउने उद्देश्यले काठमाण्डौ उपत्यकामा सञ्चालित उद्योगलाई मयूरधाप औद्योगिक क्षेत्रमा स्थानान्तरण गरिने बताएका हुन्। स्थानान्तरण गरिएका त्यस्ता उद्योगलाई १० वर्षका लागि जग्गा निःशुल्क उपलब्ध गराइने पनि उनले बताए।
त्यसका साथै उद्योगले आयात गर्ने मिल, मेसिनरी र पार्टपुर्जामा १ प्रतिशतमात्र भन्सार महसुल लगाइने पौडेलले जानकारी दिए। यी उद्योगको विद्युत डिमान्ड शुल्कसमेत ५ वर्षका लागि छुट दिइने उनले बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19