काठमाण्डौ । कोरोनाभाइरसविरुद्ध कुन भ्याक्सिन अधिक प्रभावकारी होला ? कुन भ्याक्सिन लगाउँदा कोरोना संक्रमणको खतरा खतम होला ? कुन चाहिँ भ्याक्सिनको साइड इफेक्ट सबैभन्दा कम होला ? कुन भ्याक्सिन लगाउँदा एन्डीबडी तीव्रताका साथ अधिक बन्न थाल्नेछ ?

कोरोनाको दोस्रो लहरबीच भ्याक्सिन लगाउनुअघि मानिसहरुको मनमा यस किसिमका थुप्रै प्रश्नहरु अवश्य उठ्छन् । यसबीच हालै एउटा अध्ययनले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोभिशिल्डले कोभ्याक्सिनको तुलनामा अधिक एन्टीबडी बनाउने देखाएको छ। 

भ्याक्सिनको पहिलो डोजपछि भएको थियो अध्ययन

कोरोनाभाइरस भ्याक्सिन–इन्डयुस्ड एन्डीबडी टाइट्रे (कोभ्याट) का तर्फबाट गरिएको सुरुआत अध्ययनका अनुसार भ्याक्सिनको पहिलो डोज लिइसकेका मानिसमा कोभ्याक्सिनको तुलनामा कोभिशिल्ड भ्याक्सिन लगाएका मानिसमा एन्टीबढी अधिक बनेको देखिएको हो। यो अध्ययनमा ५५२ स्वास्थ्य स्वयंमसेवकलाई समावेश गरिएको थियो। कोभिशिल्ड भ्याक्सिन लगाउने मानिसमा सिरोपोजिटिभिटी रेटदेखि एन्टीस्पाइक एन्टीबी कोभ्याक्सिनको पहिलो डोज लगाउने मानिसको तुलनामा निकै अधिक बनेको अध्ययनले दाबी गरेको छ। 

दुवै भ्याक्सिनको उचित प्रतिक्रिया

अध्ययनले कोरोनाविरुद्धको दुवै भ्याक्सिन कोभिशिल्ड र कोभ्याक्सिन दुवैले राम्रो प्रतिक्रिया देखाएको जनाएको छ। तर सिरोपोजिभिटी रेट र एन्टी स्पाइक एन्टीबडी कोभिशिल्डमा अधिक रहेको छ। सर्भेमा समावेश ४५६ स्वास्थ्य स्वयंसेवकलाई कोभिशिल्ड र ९६ जनालाई कोभ्याक्सिनको पहिलो डोज दिइएको थियो। पहिलो डोजपछि ओभरअल सिरोपोजिटिभिटी रेट ७९.३ प्रतिशत देखिएको थियो।

दोस्रो डोजपछि इम्युन सिस्टममा पाइनेछ अधिक जानकारी

यद्यपि अध्ययनले दुवै भ्याक्सिन लगाएका स्वास्थ्य स्वयंसेवकमा इम्युन प्रतिक्रिया राम्रो देखिएको जनाएको छ। दुवै भ्याक्सिनको दोस्रो डोज लगाएपछि इम्युन प्रक्रियाका बारेमा अझै राम्रो तरिकाले प्रकाश पार्न सकिने अध्ययनले देखाएको छ। अध्ययनमा त्यस्ता स्वास्थ्य स्वयंसेवकलाई समावेश गरिएको थियो जसले कोभिशिल्ड र कोभ्याक्सिन दुवैमध्ये कुनै एउटा भ्याक्सिन लगाएका थिए। साथमा तीमध्ये केही यस्ता पनि थिए, जसलाई कोरोना संक्रमण भइसकेको थियो। कोही भने यो संक्रमणबाट हालसम्म जोगिएका थिए। 

एन्टीबडी के हो ?

एन्टीबडी शरीर यस्तो तत्व हो, जसको निर्माण हाम्रो इम्युन सिस्टमले शरीरमा भाइरसलाई बेअसर गर्नका लागि उत्पादन गर्छ । कोरोना संक्रमण भएपछि एन्टीबडी बन्नमा कतिपय अवस्थामा एक हप्ताको समय लाग्न सक्छ । जब कोही मानिस कोरोनाबाट संक्रमित हुन्छ तब उसको शरीरमा एन्टीबडी बन्न थाल्छ। अनि यो भाइरसविरुद्ध लड्न थाल्छ । कोरोनाबाट निको भएका १०० बिरामीमध्ये आमरुपमा ७०–८० जनामा एन्टीबडी बनेको हुन्छ। त्यस्ता निको भएका बिरामीमा २ हप्ताभित्र एन्टीबडी बनिसक्छ । तर केही बिरामीमा ठिक भएको महिनौँसम्म पनि एन्टीबडी नबन्न पनि सक्छ। – एजेन्सी