काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्।
प्रधानमन्त्री ओलीले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको बताइएको छ।
हाल प्रधानमन्त्री ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैँले सम्हाल्दै आएका छन्। यिनै मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागिएको स्रोत बताउँछ।
स्रोतका अनुसार गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त हुन लागेका छन्।
त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनी राना, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी, विना विभागीयमा मोहन बाँनिया र वन राज्यमन्त्रीमा आशा बिक हुने भएका छन्।
नवनियुक्त मन्त्रीहरूले आजै साँझ सपथ लिने बताइएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19