काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्।
ओलीले सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। योसँगै मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ।
नवनियुक्त मन्त्रीहरुलाई आजै राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले लाई सपथ खुवाएकी हुन्। नेकपा एमाले र जसपाका गरी सात मन्त्री र एक राज्यमन्त्रीलाई सपथ खुवाइएको हो।
प्रधानमन्त्री ओलीले गृहमन्त्रीमा एमालेका खगराज अधिकारीलाई नियुक्त गरेका छन्। जसपाका नेता राजकिशोर यादव उद्योगमन्त्री भएका छन् भने नैनकला थापा सञ्चारमन्त्रीको जिम्मेवारी दिइएको छ।
यसैगरी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी, वनमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्री ज्वाला शाह र आशा विक वन राज्यमन्त्रीमा नियुक्त गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago