काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादक संस्था, नेपाल(इप्पान)ले बाढीपहिरोका कारण क्षतिग्रस्त कतिपय निर्माण सम्पन्न हुने क्रममा रहेका आयोजनाहरु पूरा हुन १ वर्ष ढिला हुनसक्ने भन्दै सरकारसँग सहयोगका लागि अपील गरेको छ ।
अध्यक्ष कृष्णप्रसाद आचार्यले एक विज्ञप्ति जारी गर्दै यस्तो अपील गरेका हुन् ।
उनले विभिन्न जलविद्युत आयोजनाका लागि राहातका अल्पकालीन तथा दीर्घकालीन कार्य अगाडि बढाइदिन सरकारसँग माग गरेका हुन्।
त्यस्ता अल्पकालीन र दीर्घकालीन कार्यहरु अगाडि बढाएको खण्डमा मात्र उर्जा क्षेत्रलाई राहात हुने भन्दै इप्पानले ७ बुँदे सुझाव दिएको छ ।
बाढीपहिरोका कारण विभिन्न नदी बेसिनमा रहेका धेरै निर्माणाधीन तथा निर्माण सम्पन्न भईसकेका जलविद्युत आयोजनाहरु तथा विभिन्न ट्रान्समिसन लाईनहरुमा ठूलो क्षति हुन गएको उल्लेख गर्दै इप्पान समेत ती आयोजनाहरुको सहयोगको लागि तयार रहेको समेत प्रष्ट पारेको छ ।
इप्पानले तत्काल गर्नुपर्ने कामको रुपमा ४ वटा बुँदा सुझाएको छ । ती बुँदा यसप्रकार छन्:
यस्तै, इप्पानले सरकारले दीर्घकालीन रुपमा गरिदिनुपर्ने अन्य ३ वटा कामको सुझाव समेत पेश गरेको छ । दीर्घकालीन रुपमा गर्नुपर्ने कामहरु यस्ता छन्:
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19