काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज भदौ ८ गतेबाट पौने ६ लाख बढी कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ।
संस्थाले ५ लाख ८३ हजार ५९८ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। यो लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनी तथा इच्छुक व्यक्ति तथा संगठित संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५८० तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्या वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनएमबि कयापिटल लिमिटेडको काठमाण्डौको नागपोखरीस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ १६ गते बैंकिङ समयसम्म तोकिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19