काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश लिन आउन सेयरधनीहरुलाई सूचित गरेको छ।
कम्पनीले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०६९/७० र २०७१/७२ को पाँच वर्षभन्दा पुरानो लाभांश रकम लिन आउन सम्बन्धित सेयरधनीहरुलाई जानकारी गराएको हो। यी आर्थिक वर्षको लाभांश पुर्जा बुझिलिई लाभांश रकम लिन बाँकी रहेका सेयरधनीले आफ्नो सेयर प्रमाणपत्रका साथ कुनै परिचयपत्र लिई यो सूचना प्रकाशित भएको ३० दिनभित्र कम्पनीको सेयर रजिस्ट्रारको कार्यालय सनराइज क्यापिटलको काठमाण्डौ कमलपोखरीस्थित कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।
सो अवधिभित्र लिन नआएमा उक्त भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐनको दफा १८३ बमोजिम लगानी संरक्षण कोषमा जम्मा हुने पनि कम्पनीले जानकारी गराएको छ।
कम्पनीले आर्थिक वर्ष २०६९/७० मा प्रतिकित्ता ७६० रुपैयाँ र आर्थिक वर्ष २०७१/७२ मा प्रतिकित्ता ९९० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो। यी दुवै वर्षको क्रमशः १८ लाख ९८ हजार ८६० रुपैयाँ र ४७ लाख ४० हजार १२० रुपैयाँ लाभांश रकम भुक्तानी गर्न बाँकी रहेको कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago