काठमाण्डौ । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओको बाँडफाँड पर्सि शुक्रबार हुने भएको छ। 

मध्यभोटेकोशी जलविद्युतको आईपीओ बाँडफाँड धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा हुनेछ। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको छ। 

ग्लोबल आईएमई क्यापिटलका अनुसार हिजो मंगलबार यो कम्पनीको आईपीओको प्रि–अलटमेन्टको काम सकिएको छ।

मध्यभोटेकोशीले कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। 

कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता ९४ प्रतिशत० कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता ९५ प्रतिशत० सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन पेस गरेका छन्। 

आईपीओमा २३ लाख ९३ हजार ४२८ आवेदकले ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन दिएका छन्। जुन मागभन्दा ४.१९ गुणाले बढी हो। 

यो हिसाबले ८ लाख १९ हजार आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाउने भएका छन्। झन्डै पौन १६ लाख आवेदकको हात खालि हुने भएको छ। 

यसअघि कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित र जिल्लाकै अन्य क्षेत्रका बासिन्दाका लागि कुल ६० लाख कित्ता निष्कासन गरेर बाँडफाँड पनि गरिसकेको छ। 

मध्य भोटेकोशीको आईपीओको सहनिष्कासनकर्तामा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।