काठमाण्डौ । अर्थमन्त्री मन्त्री शर्माले पुँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताएका छन्।
बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सोमबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। ‘सेयर बजार मन्त्रीले घटाउन वा बढाउन भूमिका खेल्न सक्दैन’, उनले भने, ‘त्यसको कारण नियमनकारी निकायलाई मात्र थाहा हुन्छ।’
शर्माले अर्थ मन्त्रालयले बजारमा अनियमितता गर्नेविरुद्ध छानबिन गरेर कारबाहीसमेत गरिसकेको भन्दै मन्त्रालयले गर्नुपर्ने कार्य गरिरहेको स्पष्ट पारे। सेयर बजारको समस्यालाई समाधान गर्न धेरै कुरामा सुधार गर्नुपर्ने देखिएकाले विज्ञहरुसँग त्यसका लागि छलफल भइसकेको र त्यसतर्फ कार्य भइरहेकोसमेत उनले जानकारी दिए।
लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको मन्त्री शर्माले बताए। ‘यसमा लगानीकर्तालाई ढुक्क हुनुहोस्’, उनले भने।
अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको उल्लख गर्दै शर्माले त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गरे। ‘तपाइँलाई एउटा भ्रम दिँदै ठग्लान्, ठगीमा पर्नु होला’, मन्त्री शर्माले सर्वसाधारण लगानीकर्तालाई आग्रह गर्दै भने, ‘नठगिएर आफ्नो व्यवसाय गर्नुहोस्, त्यसमा अर्थमन्त्री र अर्थ मन्त्रालयले घाटाइदिने वा बढाइदिने भन्ने कुरा हुँदैन, यसले संस्थाहरूलाई पारदर्शी बनाउने र बलियो बनाउने, ऐन कानुनलाई व्यवस्थित बनाउने काम गर्ने हो । त्यसमा हामी लागेका छौँ ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19