काठमाण्डौ। इक्रा नेपाल लिमिटेडले बलेफी हाइड्रोपावर लिमिटेडलाई विगतमा प्रदान गरेको (इक्रा–आईआर) बीबी निष्कासनकर्ता रेटिङलाई पुनःपुष्टि गरेको छ। 

उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। यो कुनै खास ऋणपत्रविशेषको राय भने नरहेको उसले स्पष्ट पारेको छ। 

रेटिङ वर्ग (इक्रा–आईआर) एएदेखि (इक्रा–आईआर) सीसम्मका रेटिङ संकेत पछाडि रहने प्लस (जोड) वा माइनस (घटाउ) चिह्नले सम्बन्धित रेटिङ वर्गभित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ। यसको अर्थ (इक्रा–आईआर) बीबी प्लसको स्थिति (इक्रा–आईआर) बीबीभन्दा एक चिह्न माथि रहन्छ। जब कि (इक्रा–आईआर) बीबी माइनसको स्थिति (इक्रा–आईआर) बीबीभन्दा एक चिह्न तल रहन्छ।