काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा गोरख राणा नियुक्त भएका छन्। 

बैंक सञ्चालक समितिले २०२२ जनवरी १ देखि लागू हुने गरी राणालाई डेपुटी सीईओमा नियुक्त गरेको हो। 

राणासँग नेपालको बैंकिङ उद्योगको गहिरो ज्ञानका साथ २७ वर्षभन्दा लामो बैंकिङ अनुभव छ। उनले धेरै उद्योग र नियामक फोरममा स्ट्यान्डर्ड चार्टर्डको प्रतिनिधित्व गर्दैका छन्।

राणा सन् १९९४ मा स्ट्यान्डर्ड चार्टर्डको रिटेल र प्राइभेट बैंकिङमा आबद्ध भए। सन् १९९६ मा उनी बैंकको कर्पोरेट र संस्थागत बैंकिङमा रहेर काम गरे। 

राणाले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेजलगायत विभिन्न पदमा काम गरेका छन्। यसअघि राणा बैंकको ग्लोबल बैंकिङको प्रमुखका रुपमा कार्यरत थिए।