काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षदेखि एउटा गाउँपालिकालाई न्यूनतम १० करोडदेखि अधिकतम ३९ करोडसम्म बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार आगामी आबका लागि बजेट प्रस्तुत गर्दै गाउँपालिकाहरुलाई सो बजेटको घोषणा गरेका हुन् ।
यस्तै, देशभरका नगरपालिकाहरुले १५ करोडदेखि ४३ करोड रुपैयाँसम्म सरकारी अनुदान पाउनेछन् ।
उपमहानगरपालिकाको हकमा यो रकम ४० करोडदेखि ६३ करोड रुपैयाँसम्म विनियोजन गरिएको छ भने महानगरपालिकाहरुले कम्तीमा ५६ करोडदेखि बढीमा १ अर्ब २४ करोड रुपैयाँसम्म सरकारी अनुदान पाउने अर्थमन्त्रीले घोषणा गरे ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19