काठमाण्डौ। सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ।

आज अर्धवार्षिक समीक्षामार्फत सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको हो। अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँको हुनेछ। 

कुल विनियोजित बजेटको आकार घटाएर यो वर्ष सुरुको विनियोजनको ९४.७ प्रतिशतमात्रै खर्च गर्ने गरी बजेट संशोधन गरिएको हो। सरकारले सुरुको विनियोजनबाट ८६ अर्ब ५५ करोड खर्च नहुने अनुमान गरेर बजेट संशोधन गरेको छ।

अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड खर्च गर्ने सरकारको लक्ष्य छ। त्यस्तै पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गरिनेछ। यसअघि पुँजीगत खर्च ३ खर्ब ८७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य सरकारको थियो।

अब वित्तीय व्यवस्थातर्फको बजेट संशोधन गरेर १ खर्ब ७० अर्ब ४९ करोड बजेट खर्च गर्ने सरकारको लक्ष्य छ।

यो वर्ष प्रतिस्थापन विधेयकमार्फत सरकारले १६ अर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएको थियो।