काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचनका लागि छुट्याएको बजेटभन्दा अत्याधिक माग भएको बताएका छन्।

चालु आर्थिक वर्षको बजेट अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले निर्वाचनका लागि छुट्याइएको बजेटभन्दा अत्यधिक माग भएको बताएका हुन्। ‘निर्वाचनका लागि ५० अर्ब रुपैयाँ बजेट माग भएको छ’, उनले भने, ‘तर बजेटमा चुनावका लागि १० अर्ब छुट्याइएको छ। बाँकी ४० अर्ब बजेट कहाँबाट ल्याउने, कसरी मिलाउने भनेर हामी लागिरहेका छौँ।’

बजेट स्रोत व्यवस्थापनमा चुनौती रहेको पनि अर्थमन्त्री शर्माले बताए। 

सरकारले आउँदो वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ।