काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले लिलामीमा राखेको संस्थापक सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा खरिदबिक्री गर्न मिल्छ कि मिल्दैन भन्नेमा धेरै लगानीकर्तामा अन्यौलता देखिएको छ।
एचआईडीसीएलले गत फागुन १ गतेबाट ३ करोड ३० लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। कम्पनीले यसअघि निष्कासनको गरेको हकप्रद सेयरमा बिक्री हुन बाँकी रहेको उक्त परिमाणको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो। यो लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन्।
यद्यपि बजारमा एचआईडीसीएलको यो लिलामीमा राखिएको संस्थापक सेयर धितोपत्र दोस्रो बजारमा कारोबारका विषयमा निकै चर्चा रहेको छ।
एचआईडीसीएलका कम्पनीका प्रवक्ता जीवनकुमार बस्नेतले संस्थापक सेयर लिलामीपछि संस्थापक समूहअन्तर्गत उपसमूह क–२ को अन्य संस्थापकमा रहने र नेप्सेमा सहजै खरिदबिक्री गर्न सकिने बताएका छन्। ‘हाल यो कम्पनीको सम्पूर्ण सेयर (संस्थापक र सर्वसाधारण) नेप्सेमा एउटै कोड (एचआईडीसीए) मा सूचीकृत छन्’, उनले भने, ‘शिलबन्दी बोलपत्रद्वारा बिक्री गरिने सेयरमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्थाअनुसार कुनै लक–इन अवधि रहने छैन।’
एचआईडीसीएलले लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोेकेको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० अंकले भाग जाने संख्यामा आवेदन पेस गर्नुपर्नेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडको काठमाण्डौको नक्सालस्थित कार्यालय वा ग्लोबल आईएमई बैंकका शाखाहरु बिर्तामोड, हुनमानदास रोड (विराटनगर), जनकपुर, आदर्शनगर (वीरगन्ज), हेटौँडा, नारायणगढ, न्युरोड (पोखरा), बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पनि पेस गर्न सकिनेछ।
बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो फागुन १५ गते बैंकिङ समयसम्म तोकिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago