काठमाण्डौ । केही सातादेखि जारी रुस–युक्रेन तनावले नयाँ मोड लिएको छ। पछिल्ला केही घन्टामा विश्वस्तरमा धेरै महत्वपूर्ण परिवर्तन र निर्णयहरु भएका छन्।
के–के भए ?
- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी पृथकतावादीहरुद्वारा नियन्त्रित दुई क्षेत्रलाई मान्यता दिएका छन्।
- पुटिनले हस्ताक्षर गरेको जनादेशअनुसार रुसी सेनाले लुहान्स्क र डोनेट्स्कमा शान्ति कायम राख्न काम गर्नेछन्। यद्यपि रुसी सेनाहरुले छिट्टै सीमा पार गर्ने सम्भावना रहेको आशंका गरिएको छ।
- रुसको यो घोषणालाई ध्यानमा राख्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइएको थियो। धेरै देशको आग्रहपछि यो बैठक डाकिएको थियो।
- बैठकमा संयुक्त राष्ट्रका लागि रुसका राजदूतले रुस कूटनीतिक समाधानका लागि तयार रहेको बताए। उनले पुटिन ती आरोपहरु पनि दोहोर्याए, जसका कारण युक्रेनमाथि तनाव बढेको छ। युक्रेनले ती आरोपहरुलाई अस्वीकार गर्दै आएको छ।
- जानकारहरु पुटिनले सोमबार गरेको घोषणाले सम्भावित सैन्य कारबाहीको जग खडा गरेको बताउँछन्।
- रुसी राष्ट्रपति पुटिनले युक्रेनको वास्तविक राष्ट्र भएको इतिहास नभएको र आधुनिक युक्रेन रुसको एउटा रूप भएको दाबी गरेका छन्।
- पुटिनले युक्रेनको निन्दा गर्दै भने कि त्यहाँ कठपुतली शासन छ र युक्रेन अमेरिकी उपनिवेश भएको छ।
- युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसका गतिविधिले युक्रेनको अखण्डता र सार्वभौमसत्ताको उल्लंघन भएको बताएका छन्। उनले भने, ‘हामी डराउँदैनौँ।’
- अमेरिकाले रुसविरुद्ध थप कडा प्रतिबन्धहरुको घोषणा गर्ने तयारी गरेको छ। – एजेन्सी