काठमाण्डौ । नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय गरेको छ।

पार्टीको आइतबार बिहान बसेको स्थायी कमिटी बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने निर्णय गरेको हो। 

यसअघि आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी दलहरुले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको थियो। 

एमसीसी आजै पारित गर्ने भनिएको छ। तर, संसद बैठकले अझै बस्न सकेको छैन।