काठमाण्डौ ।  प्रतिनिधिसभाको बैठक सुरु भएको छ।

आइतबारको प्रतिनिधिसभा बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) माथि छलफल गरियोस् भनी अर्थम्नत्री जनार्दन शर्माले प्रस्ताव गरेका छन्।

गत फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो। तर, दलहरुबीच एमसीसीमा देखिएको मतभेदका कारण संसद पटक–पटक स्थगित भएको थियो।

आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी आजै पारित गर्ने निर्णय गरिसकेको छ।